फिल्म ‘ग्रिन वर्ड’ फ्लोरमा उत्रिएको छ । गत शुक्रवार फिल्मको शुभमुर्हत गरिँदै फिल्मलाई छायाङ्कन लगिएको हो l फिल्मको छायाङ्कन सुचारु गरेको नायिका सुरक्षा पन्तले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् l प्रमोद कँडेलले फिल्म निर्देशन गर्दै छन। मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका उनी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन l योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने गरेको हो l सुरक्षाको अलावा फिल्ममा कमलमणि नेपाल र अफरान अलिको पनि मुख्य भूमिका रहेको छ l निर्माण टिमले फिल्मको लोकेसन चितवनलाई नै रोजेका छन् l परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष ‘ग्रिन वर्ड’ को कथा हो ।