एक समयकी भारतीय भाइरल गायिका रानु मण्डलको जीवनीमा फिल्म निर्माण हुने भएको छ l ‘मिस रानु मारिया’ टाइटल दिएको उक्त फिल्ममा नायिका इशिका डेलेले रानुको चरित्र निभाउँदै छिन् l लोकप्रिय वेब सिरिज ‘सेक्रेड गेम्स’ मा नवाजुद्दिन सिद्दिकीसँग इशिका काम गरिसकेकी छिन l फिल्म ऋषि केश मण्डलले निर्देशन गर्नेछन्। इशिकाअघि धेरै नायिकाले रानुको जीवनीमा अभिनय गर्न अस्वीकार गरेका थिए। सोही कारण निर्माण टिमले फिल्मको  अन्य  कामलाई थाती राखेर नायिकाको खोजी गरिरहेको थियो l अन्तिममा इशिकाले काम गर्न स्वीकार गरेपछि निर्माण टिमले फिल्मको घोषणा गरेको हो l यस खबर भारतीय संचार स्टफ अननोन डटकममा उल्लेख गरिएको छ l पैसा माग्न रेल स्टेसनमा गीत गाउँदै हिँड्ने रानुलाई संगीतकार तथा गायक हिमेश रेशमियासँग 'तेरी मेरी' बोलको गीत गाउने अवसर दिएपछि उनको चर्चा चुलिएको थियो l