एमसीसीलाई लिएर पछिल्लो समय नागरिकहरूले चर्को आलोचना गरेका छन् l यसो त विपक्ष दलहरूले पनि एमसीसी देशको लागि घातक रहने भन्दै उग्र रुपका साथ चर्को विरोध गरी रहेका छन् l राजनीतिक दल र नागरिकबिच मतैक्य नभएको बेला ठुलो फ्यान फलोइङ भएका हमालले पनि एमीसिसी बारे आफ्नो अभिब्यक्ती दिएका छन् l एक भिडियो सामाजिक  सञ्जालमा राख्दै उनले एमसीसीबारे नेपाली नागरिकको असन्तुष्टि र भावनालाई स्पष्ट पार्न र सम्बोधन गर्न नेपाल एवं अमेरिकी सरकारलार्ई आग्रह गरेका छन् । नेपाली जनताको चाहना र भावनाविपरित गरिने क्रियाकलाप सौहार्दपूर्ण नहुने, यसले दूरगामी असर पार्न सक्ने साथै नेपाली नागरिकको चित्त बुझाउन सरकारको कर्तव्य समेत रहेको उनको भनाई छ । उनले बोलेका उक्त कुराहरूलाई दर्शकहरूले पनि समर्थन जनाएका छन् l भिडियो  सन्देश जारी गर्दै हमालले नेपाली नागरिकलाई एमसीसीबारे विश्वास दिलाउन र असन्तुष्टिलाई साम्य पार्न अमेरिकाको भूमिका जरुरी रहेको बताएका हुन् ।