बले एन्टरटेन्मेन्टको प्रस्तुति रहेको म्युजिक भिडियो 'किन यसरी' रिलिज भएको छ l प्रमोद निर्वानको आवाज, शब्द तथा संगीत रहेको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् l गीतको एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका हुन् l विकास धमलाको सम्पादन रहेको भिडियोको दृश्य कैद बुद्ध थापाको रहेको छ l

भिडियोमा सागर लम्साल 'बले',टिकटकर शिक्षा सङ्ग्रौला, कुशल विष्ट र सन्जिता पाण्डेको अभिनय रहेको छ l बले एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत भिडियोलाई हेर्न सकिने छ l