अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजनको आज शुभारम्भ गरिएको छ l समता फाउन्डेसनले निर्माण गरेको उक्त कार्यक्रमको आज काठमान्डौमा पत्रकार सम्मेलन गर्दै शुभारम्भ गरिएको हो l कार्यक्रम ८ अक्टोबर २०२१ देखि प्रसारणमा आउने भएको छ ।  निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’ मा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउन्डेसनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् । यस पटकको कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नेछन् ।

Cine pati Cine pati

दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू बुनिएका छन् । कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि हुन्, दलित प्रतिरोधका गाथा हुन् । यो प्रतिरोधमा गैर–दलित सहानुभूतिको अन्तर घुलनले जात व्यवस्थालाई चुनौती दिँदै स्वयंले पाएको सुविधा/विशेषाधिकारबारे स्वयंलाई प्रश्न गर्न र संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउने फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले कार्यक्रममा बोलेका छन् l समता फाउन्डेसन सामाजिक न्याय र समतामूलक समाजका निम्ति युवाको सिर्जनात्मक र अर्थपूर्ण भूमिकालाई प्रोत्साहन गर्दै ज्ञान निर्माणमा प्रतिबद्ध छ l समता फाउन्डेसन २०६५ सालमा स्थापना भएको हो । यसले दलित तथा सीमान्तकृत समुदायको अध्ययन–अनुसन्धान गरी ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ l ‘जातको प्रश्न’ को दोस्रो सिजन १२ अङ्कको हुनेछ ।