वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत 'जीवनको पाना' सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् l देवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् l भिडियोलाई राज केसी निर्देशन गरेका छन् भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ l

मदन कृष्ण श्रेष्ठ,अभिनेता सरोज खनाल , लक्ष्मण प्रसाद अधिकारी र राजेन्द्र कट्टेल भिडियोमा अभिनय गरेका छन् l रमेश थापाको सम्पादन भिडियोमा देख्न सकिन्छ l भिडियोको कन्सेप्ट अभिनेता सरोज खनालले नै तयार परेका हुन् l केन्द्र मोसन्स् युट्युब च्यानल मार्फत भिडियोलाई हेर्न सकिन्छ l