सनीश श्रेष्ठको आवाजमा नयाँ गीत 'तिमी आउने आसैमा' रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि रचनाकार मनिषकै रहेको छ l उर्गेन डोङले गीतको संगीत संयोजन गरेका छन् l भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् l ज्ञानेन्द्र शर्मा हुमगाइको छायाङ्कन भिडियोमा समावेश गरिएको छ l

आइँ क्याच स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनीक गरिएको गीतको भिडियोमा सनीस र प्रिया लिम्बुले अभिनय गरेका छन् l भिडियो सम्पादन तथा कलर डिन्सन शाहले गरेका हुन् l