प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत रहेको छ भने सञ्जीव बराइलीको एरेन्ज रहेको छ ।

ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गरेका छन् । भिडियोमा जीवी चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत र दीपक सापकोटाको अभिनय रहेको छ ।

सिर्जन बराल ‘ऋषि’को निर्देशन रहेको भिडियोमा अमृत चापागाईँको सम्पादन रहेको छ । जनता डिजिटल फिल्म्सबाट पोस्ट प्रोडक्सन भएको भिडियोलाई आहा टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।