पछिल्लो समय नायक अनमोल केसी अभिनित चलचित्र कृको चर्चा नेपाली चलचित्र क्षेत्रमा निकै छ ।यो बर्षको प्रतिक्षित चलचित्र बनेको कृको केही प्रतिसत छायाँकन सकिसकेको छ ।

हाल नायक अनमोल केसी अवार्ड समारोहको साथै विदाको दिन भन्दै अमेरिकामा रमाइरहेका छन् । केही समय अघि कृको पहिलो पोस्टर सार्वजनिक भएको थियो । जुन पोस्टरलाई लिएर सबैमा चलचित्र प्रति कौतुहलता बढेको छ ।

कृको सेटबाट केही तस्बिरहरु बाहिरिएका छन् । जसमा चलचित्रकी नायिका अदिथि बुढाथोकीको साथमा अनमोललाई चुलबुल भुमिकामा देखाइएको छ ।

कात्तिक ३ गते प्रदर्शन हुने भनिएको कृको प्रदर्शन मिति सारिएको छ ।

अब कहिले प्रदर्शन हुने भन्नेमा निर्माण पक्षले केही जानकारी दिएको छैन ।