गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण काम रोकिएको छ l आर्थिक अभावका कारण रङ्गशालाको निर्माण काम रोकिएको हो l काम गर्न सक्ने अवस्था नभएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले सरकारलाई हारगुहार गरेका छन् । ३५ प्रतिशत मात्र काम सम्मपन भएको रङ्गशालाले गत साउन देखी आर्थिक अभावको समस्या भोगिरहेको थियो l  धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर रङ्गशाला बनाइरहेको थिए l कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । केही समय अघि नै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए। सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उनले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए । ३ अर्ब ५५ करोडको अनुमानित लागतमा २० बिघा ६ कट्ठाको क्षेत्रफलमा बन्ने भनिएको रंगशालाका लागि अहिलेसम्म ३८ करोड ३४ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ उठेको छ । परियोजनाको आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले दिएको मासिक खर्च विवरणले अहिलेसम्म रंगशालामा ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भइसकेको छ ।

१६ करोड २७ लाख ८८ हजार २ सय ७२ रुपैयाँ ऋण छ । महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम कबोल भयो । तर ९ करोड २५ लाख ५९ हजार ९ सय ५ रुपैयाँ मात्रै उठेको छ । बोलकबोल रकम दिने हो भने रंगशाला निर्माणका लागि राहत मिल्नेछ । बोलकबोल रकम ६० करोड १९ लाख ९६ हजार ९५ रुपैयाँ उठ्न बाँकी छ । त्यस्तै अन्य तिर्नुपर्ने दायित्व (व्यक्तिगत संघ संस्था ऋण सापटी) १९ करोड ५० लाख छ । यसो त धुर्मुस सुन्तलीले पनि धुर्मुस–सुन्तलीको रंगशाला होइन, राष्ट्रको रंगशाला हो नि । व्यक्तिको रंगशाला सोचियो भने अलपत्रै हुन्छ होला तर यो सरकारको दायित्व हो भन्ने सोचेर सबै पक्ष मिलेर गरे भने अलपत्र हुँदैन । मलाई लाग्छ, अहिले काम रोकिएको हो । यसलाई निरन्तरता दिन सबै पक्ष लाग्नुपर्ने अभिव्यक्ति दिएका छन् l रङ्गशाला बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण गरिँदै छ। विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्न सक्ने जनाइएको छ।