'खाने मुख लाई जुँगाले छेक्दैन' भने झैँ नायिका करीश्मा मानन्धर पढाईको मोह बाट टाढा रहन सकिन्न l उमेरले ४० नाघे पनि पढाई प्रतीको लगाव बाट टाढा नरहेकी उनी कक्षा १२ को परीक्षामा व्यस्त छिन् l उनै करिश्मालाई कक्षा १२ को परीक्षा बारे बुझ्न देशका अभिभावक सम्मानिय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्नुभएको छ । उक्त फोन गरेको खबर सदाबहार नायिका करिश्माले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् l सन्जालम 'फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।‘करिश्मा परीक्षा कस्तो भइरहेको छ ?’‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’‘अँ हो, विश्वास लागेन ?’‘लागेन सर ।’अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठुलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा l भनेर स्ट्याटस लेखेकी छिन् l