रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो संस्करणको उपाधि भरत मणि पौडेलले जितेका छन् ।शनिवार कमेडी च्याम्पियनकै सेटमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा भरतमणि उत्कृष्ट घोषित भएका हुन्  l उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको फिनालेमा मह जोडीले विजेता घोषणा गरेका थिए । शोको फाइनलिस्टमा बिक्की अग्रवाल र सन्तोष थापा पनि थिए । दोश्रो बनेका बिक्कीलाई मोटरसाइकल र तेश्रो रहेका सन्तोष थापालाई च्याम्पियनले स्कुटर दिएको छ l

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई ऋचा शर्मा थिए । च्याम्पियनको फिनालेमा यस पटक नायिका ऋचा शर्मा भने उपस्थित भएकी छैनन् l यस अघीको पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका थिए l