हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको सरकारले यस पटक चर्चित लोक दोहोरी गायिका विष्णु माझीलाई विभूषण प्रदान गर्ने भएको छ । उक्त विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । यस पटक विभूषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् । विभूषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि विभूषण प्रदान गरिने भएको छ ।