वरिष्ठ कलाकारद्दय मदन कृष्ण श्रेष्ठ र गौरी मल्ल अभिनीत म्युजिक भिडियो 'सुनको कचौरी' रिलिज गरिएको छ l कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा समावेश गीतको रचना साथै संगीत राजन राज सिवाकोटीको रहेको छ l संगीत संयोजन राजन ईशानले गरेका छन् l

राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् l भिडियोको सम्पादन विकास दाहालको रहेको छ l सन्तोष राज्बहकको कोरीयोग्राफी समावेश भिडियोलाई युट्युब च्यानल 'डेभी ड्यान'मा हेर्न सकिन्छ l