फिल्म ‘घिन्ताङ’ को छायाङ्कन सुरु भएको छ l निर्देशक दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म शुक्रवारबाट फ्लोरमा निस्किएको हो । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । सुटिङ सेटबाट बाहिरिएको एक तस्बिरमा उनीहरूलाई भिन्न लुक्स र गेटअपमा देख्न सकिन्छ ।श्रीमतीको निधनपछि एकल जीवन बिताइरहेका दलित समुदायका धने (गौरव) र श्रीमानको निधनपछि एक्ली भएकी बाहुन समुदायकी लक्ष्मी (केकी) बिचको प्रेम सम्बन्धको कथालाई फिल्मलाई देखाइनेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मूल्य’ कथामाथि निर्माण भइरहेको फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ । निर्देशक दीपक श्रेष्ठले सात वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् l एक समयका सफल कलाकार तथा निर्देशक रही सकेका श्रेष्ठले  थुप्रै हिट फिल्महरू सिने क्षेत्रलाई दिइसकेका छन् l