हाँस्य व्यङ्ग्य कलाकार रमेश केसीको निधन भएको छ ।  उनको आज बिहान ९ बजे ६९ वर्षको उमेरमा निधन भएको हो l  गीत छायांकनगर्ने क्रममा उनको सुटिङ सेटमै निधन भएको हो l कलाकार रमेश केसीको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिँदै छ । वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अनजान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदी आइन, एके एन लगायतका नाटकमा अभिनय गरेका थिए । मोटर साइकल लिएर छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो । बेहोस भए लगतै उहाँलाई गंगालाल हृदय रोग केन्द्रमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो ।’ भनेर कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताएका छन् l ‘ हर्के हवलदार, तितो सत्य, अब अति भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका उनी हाँस्य व्यङ्ग्यमा प्रख्यात थिए l