गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘परिष्कृत’ बोलको  गीतमा चन्द्र प्रसाईँको शब्द र राजेन्द्र सुवेदीको संगीत समावेश छ । सजल र सलिल न्यौपानेको कन्सेप्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशन गरेको हो ।

भिडियोमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेको छ । प्रेम र बिछोडको पीडा व्यक्त गरिएको यो भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बज्राचार्यको अभिनय छ ।