बलिउड अभिनेता सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन् l १४ पुरा भई अब १५ औ सिजनमा यो शो आइ पुगेको छ l बिगबोसका धेरै सिजन सलमान खानले होस्ट गरिरहेका छन् । यसको नयाँ सिजन, बिगबोस-१५ मा उनी फेरि होस्ट भएर फर्किन लागेका हुन्। यस पटक होस्टगर्नका लागि उनले महँगो पारीश्रमिक बुझेका छन् l भारतीय संचारमा उल्लेख अनुसार  बिगबोस-१५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारु पारिश्रमिक लिएका छन् l उनले बिगबोसको सिजन ४ देखि सिजन ६ सम्म प्रत्येक भागको दुई करोड भारुभन्दा बढी पारिश्रमिक लिएका थिए। सिजन ७ मा यो पारिश्रमिक पाँच करोड भारुसम्म बढेको थियो । बिगबोस-१३ मा भने उनले हप्ताको १३ करोड भारु लिएका थिए। आउँदो नयाँ सिजनमा भने उनले हप्ताको २५ करोड भारुको दरले आफ्नो पारिश्रमिक तोकेका हुन् l १४ हप्तासम्म चल्ने यो कार्यक्रम नयाँ सिजन आउँदो अक्टोबरदेखि सुरु हुनेछ ।