सफल निर्देशक शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक भएको छ l ‘काट्दिम्ला जुँगा जम्मै’ बोेलको गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ । उमंग लामाको शब्द साथै संगीत रहेको गीतको भिडियोमा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लले एकसाथ ठुम्का लगाएका छन् । शब्दमा उमंगलाई केशव चौलागाईंले साथ दिएका छन् l रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा शिव र गौरी जोडीको रूपमा प्रस्तुत छन् । सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायत पनि गीतमा नृत्य गर्दै देख्न सकिन्छ । फिल्म ‘डाँडाको वरपीपल’ को यही असोज २६ गते (घटस्थापना) को दिन प्रदर्शनमा आउँदै छ l

फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।