गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको आवाजमा नयाँ गीतको भिडियो रिलिज भएको छ l ‘साँचो माया गर्छु भन्नेलाई ’बोल रहेको गीतको शब्द यादव लम्साल र संगीत अर्जुन पोखरेलको रहेको छ ।  भिडियोमा सुधीर श्रेष्ठ र लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् l यस गीतमा टिकटक बनाएका मध्य जो प्रथम हुन्छ उसलाई रु २५००० नगद उपहारको घोषणा गरिएको छ । टिकटक प्रतियोगिता असोज ३० गते सम्म रहनेछ भने ३१ गते विजेताको  घोषणा  गरिनेछ। टिकटकको लाइक, कमेन्ट, भिउजको आधारमा विजेता भई २५००० नगद उपहार पाइनेछ।