प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले 'कमेडी च्याम्पियन सिजन २' विजेता भरतमणि पौडेललाई रु एक लाख धन राशि पुरस्कार दिएका छन् l आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त धन राशि योगेशले प्रदान गरेका हुन् l पौडेललाई विजेता बनेकोमा बधाई तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । गत शनिवार कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् l प्रतिस्पर्धाकै क्रममा रहँदा पनि भरतलाई नगद पुरस्कार दिने बताएका थिए l