जि बि चिरण र सोनिया महतको बेजोड अभिनयमा मर्मस्पर्शी गीत 'निर हो' इन्टरनेट रिलिज गरिएको छ l भ्वाइस अफ नेपालका सुनिल थापा मगरको आवाजमा समावेश गीतलाई गायक सुनिलकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l गीतमा उनलाई स्वरमा सुजिता योञ्जनले साथ दिएकी छिन l

शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ । सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोविन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन lभिडियोलाई निर्देशक शसान कंडेलको निर्देशन गरेका छन् । भिडियो जिवी चरण र सुजिताको अलावा बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ l भिडियोमा बुद्ध लामा र दीपक गिरीको छांयाकन, विकास दाहालको सम्पादन रहेको छ ।