भारतीय अभिनेता शारुख खान यती बेला आलोचित बनेका छन् l पाकिस्तान सँग साठगाँठ रहेको भन्दै उनका फ्यानहरूले खानलाई आलोचित बनाएका हुन् l शाहरुख र पाकिस्तानबिच सम्बन्ध रहेको र उनले बारम्बार भारतीयको धार्मिक भावनामाथि चोट पुर्‍याएको आरोप लागेको छ l उनीहरूले ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गरेका छन् जसमा अभिनेता खानले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको देखिन्छ। साथै पाकिस्तानका प्रधानमन्त्री इमरान खान र शाहरुख सँगै भएको फोटो, उनले भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका कुरा र केही मिमहरू छन् l सोही कुरालाई मध्य नजर राख्दै उनलाई बहिस्कार गर्नु पर्ने माग राखेका छन् l ट्विटर प्रयोगकर्ताहरुले ह्यास्ट्याग बहिष्कार शारुख खान भन्दै उनी माथि आक्रोश पोखेका छन् l