नेपाली रियालिटी शो 'सारेगमप लिटिल च्याम्प्स' को घोषणा भएको छ l गत आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शो बारे जानकारी गराइएको हो l न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गर्नेछन् । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा रियल जुस, सह प्रायोजक सिद्धार्थ बैंक, भोटिङ पार्टनर मोमो एप रहेको छ l यस्तै एसोसियट स्पन्सरको रूपमा इको प्यानल नेपाल, एलआईसी नेपाल, जोय ब्युटिफुल बाइ नेचर, यती कार्पेट, महालक्ष्मी पेन्टस् र पर्ल राइस छन् ।
नेपालमै पहिलो पटक हुन गइरहेको नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सिङ्गिङ् रियालिटी शोलाई नोबडी प्रोड्युसनले उत्पादन गरेको हो l कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । रियालिटी सो साताको दुई दिन हरेक शुक्रवार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानल बाट प्रसारण हुनेछ ।