सुरज थापा , तारा थापा र विवेक रकर्सको आवाजमा समावेश गीत 'लालुमै लालुमै २' को 'जुनकिरी' बोलको गीत सार्वजनिक भएको छ l सुरज थापाको शब्द साथै संगीत रहेको गीतको संगीत संयोजन उदय राज पौडेलको रहेको छ l भिडियोमा कोरीयोग्राफी तथा निर्देशन शिव बिकको रहेको छ l भिडियोमा मोडेलद्दय पल शाह , दुर्गेश थापा ,गरीमा शर्मा र तारा थापा फिचर्ड छन् l

भिडियोको दृश्य कैद दिपक गिरीले गरेका हुन् l साथै सम्पादन पदम सुवेदीको रहेको छ l भिडियोमा कलरीङ मिलन विश्वकर्माले गरेका छन् l सार्वजनिक भिडियोलाई गायक सुरज थापाकै आधिकारिक युट्युब च्यानल 'सुरज थापा' बाट रिलिज गरिएको छ l