चलचित्र फाटेको जुत्ताको पहिलो गीत सार्वजनिक भएको छ । सरि बोल रहेको गीतमा प्रभाष मल्लिकले स्वर दिएका छन् । गीतमा गायक मल्लिकको शब्द तथा संगीत रहेको छ । कात्तिक १७ गते प्रदर्शन हुन लागेको फाटेको जुत्ताको पहिलो गीतमा चलचित्रको मुख्य कलाकार सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भुमिका रहेको छ । त्यस्तै अर्का कलाकार कामेश्वर चौरासियाले पनि सार्वजनिक गीतको भिडियोमा अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफी राजिव समरले गरेका हुन् । निकेश खड्का निर्देशनमा तयार भएको चलचित्र फाटेको जुत्तालाई अर्जुन कुमारले निर्माण गरेका हुन् । अर्जुन कुमार फिल्मस् र हाइलाइटस् नेपालको प्रस्तुती रहेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।