नायक प्रदीप बाँस्तोलाले ’गेट रेडी’ गीतको भिडियो बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा र्यापर गिरीश खतिवडाको बिट रहेको छ भने बुलेट फ्लो र प्रदीपले गाएका छन् । भिडियोमा छायाँकन र सम्पादन लोकेन्द्रको छ । भिडियोको निर्देशन प्रदीपकै हो । भिडियोमा प्रदीप स्वयम फिचर्ड छन् l

प्रदीपलाई अभिनयमा अमृता खनाल र मनिता श्रेष्ठले साथ दिएका छन् l भिडियोलाई र्यापर गिरिशकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l