अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका शिल्पा शेठ्ठीका पति राज कुन्द्रालाई धरौटीमा रिहा भएका छन् l अदालतले कुन्द्रालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो l मेट्रोपोलिटन म्याजिस्ट्रेट कार्टले सोमबार कुन्द्रा र उनका सूचना प्रविधि प्रमुख रिया थोर्पेलाई मात्र ५० हजार भारु धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय संचारमा उल्लेख छ l कुन्द्राले आफूलाई साधारण धरौटीमा छोड्न अदालतमा अपिल गरेका थिए । दायर अपिलमा भनिएको छ, स्वेच्छाले कथित भिडियोहरूमा अभिनय गरेको पनि कुन्द्राको दाबी छ ।  गत साता मात्रै उनी माथि १ हजार ४ सय ६७ पेजको चार्ज सिट दायर गरिएको थियो l