नेपाली फिल्म क्षेत्रमा उपाधिलाई लिएर विवाद हुनु नयाँ होइन । प्रत्येक व्यक्ति र संस्थाले निजी तवरबाटै उपाधि वितरण गरिरहेका हुन्छन् । सिनेकर्मीहरुले आफ्नो नजरमा फरक फरक महानायक - महानायिका बनाएका छन् l यसलाई लिएर एकरूपता पनि छैन । कला क्षेत्रमा महानायक उपाधि नै अन्योलमा छ । न कुनै प्रस्ट मापदण्ड, न कुनै प्रक्रिया, एक्कासि कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ भन्ने प्रश्नले लामो समय देखी कला क्षेत्रमा जरा गाडी रहेको छ l हरेक वर्ष यही महानायक शब्दले नै फिल्म क्षेत्रमा आगो लगाउने गरेको छ l केही समय शान्त रहेता पनि बिचमा कोही न कोही आउँछ महानायकको विषयमा बोल्ने l फेरी यही उपाधिले सिने क्षेत्रमा तहल्का मच्चाएको छ l नायक भुवन केसीले गौरी मल्ललाई महानायिका र शिव श्रेष्ठलाई महानायकको उपाधि दिएपछि पुन : यो विवाद चर्किएको हो l यसो त अभिनेता राजेश हमाललाई महानायक माने फिल्म क्षेत्र भित्र कमै छन् l तर दर्शकको डरले भनौँ सिनेकर्मीहरुले मिडियामा महानायक माने पनि भित्र भने यो कुरा मान्दैनन् l निर्देशक शोभित बस्नेतले पनि हमाललाई महानायकको उपाधि दिन ठाडै अस्वीकार गर्दिन्छन् l हमाललाई मात्र हैन सदा बहार नायिका करिश्मा मानन्धरलाई पनि महानायिकाको उपाधि दिन नमिल्ने सिनेकर्मीहरुको अभिव्यक्ति छ l कलाकार दिपाश्री निरौला , रमा थपलिया , दीपक राज गिरी , राजेन्द्र खड्गीको भनाइ पनि यही छ l गत साल कलाकार दिपाश्री निरौलाले महानायक हमाल हैन भनेर संचारकर्मी प्रकाश सुवेदीको कार्यक्रममा बोल्दा उनी माथि महिनौँ सम्म दर्शकले औँला उठाएका थिए l अन्त्यमा उनले माफी मागिन्, भित्रै मनै देखी हमाललाई महानायक नमाने पनि बाहिरी रूपमा दर्शकलाई महानायक हमाल नै हो भने पछी यो विवाद चिसिएको थियो l  उनी मात्र हैन यसो त १०० प्रतिशत सिनेकर्मीहरुमा ९५ प्रतिशतले हमाललाई महानायकको उपाधि दिन नमिल्ने बत्ताउँछन् l यदि सबैको एउटै कुरा हुने हो भने शायद यो उपाधिले हरेक वर्ष विवाद उब्जाउँदै न थियो होला l फेरी हमाल नै महानायक हुनु पर्ने दर्शकहरूको तर्क छ l दर्शकहरू हमाललाई बाहेक अन्य कलाकारलाई महानायकको उपाधि दिँदा फिल्म क्षेत्र नै गन्धित हुने सोच राख्छन् l यदि कोही सिनेकर्मीहरुले महानायक हमालको बारेमा  सोच विचार नगरी  बोल्दा दर्शकहरू तिनै सिनेकर्मी माथि जाइलाग्छन् l न त सिनेकर्मीहरुनै महानायक चुन्न जान्छन् , न त दर्शक नै महानायक फेर्न चाहान्छन् l