पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन 'पिफ्ट' को अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएकी छिन् l असोज ४ गते इटहरीस्थित इन्स्टिच्युटकै सभा हलमा भएको एक कार्यक्रमका बिच निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो। यस्तै कार्यक्रम मार्फत फिल्म विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईलाई इन्स्टिच्युटको संरक्षकको रूपमा राखिएको जानकारी गराइएको छ । त्यस्तै इन्स्टिच्युटको सल्लाहकार समिति पनि सोही कार्यक्रमबाट तय गरिएको छ । वरिष्ठ सल्लाहकारमा निर्देशक तथा फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानलाई चयन गरिएको छ । त्यस्तै महासंघ महासचिव तथा अभिनेता दिनेश कोइराला र महासंघ उपाध्यक्ष प्रकाश सुब्बालाई पनि सल्लाहकार समितिमा चयन गरिएको छ । कार्यक्रममा आफ्नै ठाउँमा यसरी अध्यक्ष जस्तो पदमा बस्न पाउँदा आफूलाई खुसी लागेको निरौलाले बताइन् । त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका फिल्म निर्माता तथा अभिनेता दीपक राज गिरिले पनि कलेज तथा दिपालाई बधाई दिएका छन् । उनले पनि बोल्दै पहिले आफूहरूले परेर सिकेको तर, अहिले पढेर सिक्न सके मात्रै प्रतिस्पर्धी बजारमा उत्तीर्ण सकिने बताए । ईन्स्टिच्युटले अहिले विभिन्न सर्ट मुभीहरू पनि निर्माण गरिरहेको छ । जसले गर्दा त्यहाँ पढ्ने विद्यार्थीहरूले अवसरको अनुभव र आफ्नो कलालाई पोख्ने मौका पाई रहेका छन् । त्यस्तै नृत्यको कक्षा समेत सञ्चालन गरिरहेको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा फिल्म मेकिङ सँगै डिरेक्सन, स्क्रिप्ट राईटिङ, सिनेमाटोग्राफी, अभिनय, एडिटिङ लगायतका कोर्सहरू पढाई हुने छ