अभिनेताद्दय शिव श्रेष्ठ र भुवन केसीको मित्रता लोभलाग्दो छ l यी दुई एक अर्काको तारिफ गरेर कहिले थाक्दैनन् l हालै पनि अभिनेता भुवन केसीले शिव श्रेष्ठको तारिफ गर्दै महानायकको उपाधि दिएका थिए l सो उपाधि अहिले जताततै चर्चामा छ l त्यस्को बद्लामा शिव श्रेष्ठले पनि केसीको भरपुर तारिफ गरेका छन् l उनले भनेका छन् 'यो फिल्म क्षेत्र आजको दीन सम्म टिकी रहनमा केसीको ठुलो भूमिका छ' l यदि भुवन नहुने हो भने यो क्षेत्र जवानामा बन्द भइसक्थ्यो l यस क्षेत्रका सुपरस्टार साथै महानायकको उपाधि दिनु पर्ने व्यक्ति भनेकै भुवन रहेको उनको तर्क छ l
कोही मान्छे जन्मिएको थिएन जति बेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति फिल्म लिएर आउनुभयो । उहाँले करोडपति फिल्म नल्याएको भए यो क्षेत्र सखाप भइसक्थ्यो ।’ थप् उनले भुवनका पुत्र अहिलेका मेघा स्टार अनमोल पनि नाम जोडेका थिए l साथै अहिलेका अनमोल र पहिलेको भुवनलाई तुलना गर्दै यस क्षेत्र अहिले सम्म रहनुमा नै बाउ छोराकै ठुलो हात रहेको शिवको भनाइ छ l