साउथ सुपरस्टार अभिनेता थालापथी विजयले आफ्नै आमा बुबाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। आफ्नो नामको दुरुपयोग गरेको भन्दै उनले बाबुलाई मुद्दा हालेका हुन् l निर्देशक समेत रहेका एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको गरेको वक्तव्य जारी गरेका हुन्। बाबु-आमाले आफू राज्नितीमा आउन लागेको भ्रम फैलाएपछि विजय मुद्दाका फैसलामा पुगेका हुन् l एसए चन्द्रशेखरले छोरा राजनीतिमा आउन लागेको र पार्टीसमेत गठन गर्न लागेको बताएका थिए। साथै उनका पिताले उद्घोष गर्दै पार्टीका सभापति पद्मनाभन, आमा कोषाध्यक्ष र आफू महासचिव रहेको दाबी पनि गरेका छन् l