डेढ दशकदेखि नेपाली फिल्मको पाश्र्व गीत गायनमा सक्रिय गायिका प्रविशा अधिकारीले पछिल्लो समय अन्य विधाका गीतमार्फत समेत लगातार लोकप्रियता कमाइरहेकी छन्। फिल्म बिदाइमार्फत पाश्र्व गायिकाका रूपमा गायनमा प्रवेश गरेकी प्रविशा लगातार पाश्र्व गायनमा जमिरहेकी छिन्।
यसबीच प्रविशाका थुप्रै फिल्मी गीत चर्चित भए। उनले गाएका तिमी जहाँ छौ म त्यहीं छु,मायाले बाँध्यो यसरी, फूल होइन काँडा, तिमीबाहेक बिताएका पलहरू, पीपल छेउमा वरजस्ता गीत निकै लोकप्रिय छन्।
भिडियो :