अभिनेता महानायक राजेश हमाल प्राय विवादको बारेमा खुलेर बोल्दैनन् l सामाजिक सञ्जालमा खासै आफूलाई आइपरेको विवादमा नबोल्ने हमाल यस पटक भने महानायक उपाधिले बल्झाएको विवादमा नबोली बस्न सकेनन् l उनले घुमाउरो शैलीमा भुवन र शिव जवाफ दिएका छन् l सामाजिक सञ्जालमा हमाल लेख्छन् '‘कर्म सही गर, फल प्राप्त हुनेछ ।’  हमालले आफूलाई सोझै ‘महानायक’ नभने पनि दर्शकले दिएको माया भनेका छन् । हालै मात्रा अभिनेताद्दय भुवन केसी र शिव श्रेष्ठले महानायक -महानायिकाको उपाधि कस्ता ब्यक्ती लाई प्रदान गर्नु पर्छ र ती व्यक्तिहरू को को हुन् भनेर खुलेरै बताएका थिए l कसैले यी दुई कलाकारको कुरामा सहमति जनाए भने कतिपयले विरोध गरे । सिनेकर्मीहरुले आफ्नो नजरमा फरक फरक महानायक - महानायिका बनाएका छन् l यसलाई लिएर एकरूपता पनि छैन ।

Cine pati

कला क्षेत्रमा महानायक उपाधि नै अन्योलमा छ । न कुनै प्रस्ट मापदण्ड, न कुनै प्रक्रिया, एक्कासि कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ भन्ने प्रश्नले लामो समय देखी कला क्षेत्रमा जरा गाडी रहेको छ l हरेक वर्ष यही महानायक शब्दले नै फिल्म क्षेत्रमा आगो लगाउने गरेको छ l केही समय शान्त रहेता पनि बिचमा कोही न कोही आउँछ महानायकको विषयमा बोल्ने l