केही दिन यता देखी महानायक उपाधिले सिनेमा क्षेत्रलाई मज्जाले तताइरहेको छ l अभिनेताद्दय भुवन केसी र शिव श्रेष्ठले उब्जाएको विवाद अहिले जताततै हावा सरी फैलिरहेको छ l यस बारे कति पक्षमा उत्रिएका छन् भने कति विपक्षमा उत्रिएका छन् l हालै नायिका वर्षा सिवाकोटीले पनि महानायक विवादमा आफ्नो मुख खोलेकी छिन् l उनले वरिष्ठ कलाकारको दर्जा पाएका व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल पार्नु राम्रो नभएको बताएकी छन् l

Cine pati
बर्षा लेख्छिन्:

मेरो विचारमा सुरुवातमा चलचित्र क्षेत्र सहज हुनुपर्छ, जसरी पुराना दिनहरूमा हरेक साता नयाँ चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने वातावरण थियो,  ती दिनहरू फर्किएर आउन भनेर कामना गर्नुपर्दछ । हाम्रो काम दर्शकले मुल्याकंन गर्ने वातावरण बन्नु चाहिँ सुहाउँदिलो कुरा हो । कोही कसैले स्वमुल्याकंन गर्ने होइन । हामी सबै चलचित्रकर्मीले त्यही मान्यतामा आफ्नो काम नियमित गर्नुपर्छ । यस कुरामा अग्रजहरूले विशेष ध्यान दिएर त्यसअनुरूपको वातावरण बनाउन सहयोग गरेको हेर्ने चाहना हो । तर पछिल्ला दिनमा सम्माननीय अग्रजहरूको चाहना अर्कै देखियो । कलाकार त्यसमाथि वरिष्ठ कलाकारको दर्जा पाइसक्नुभएका आदरणीय अग्रज व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन । ठिकै छ, जे भए पनि हामी चाहिँ उहाँहरूलाई सबैलाई सधैँ सम्मान गर्छौँ । धन्यवाद ।