अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको खबर हल्ला मात्र रहेको बताइएको छ l  पत्नी मार्था तामाङले प्रशान्तको मृत्यु खबर हल्ला मात्रा रहेको भन्दै सामाजिक सञ्जालमा बताएकी हुन् l गत मंगलबार देखी प्रशान्तको मृत्यु भएको भन्दै थुप्रै समाचारहरू सम्प्रेषण भई रहेको थियो l हल्ला निकै फैलिएपछि मार्थाले प्रशान्त जीवित नै रहेको भन्दै एक स्ट्याटस पोस्ट गरेकी थिइन् l उक्त पोस्टमा उनले 'सामाजिक संजालमा फेक न्युज फैलिएपछि म यो लेख्न बाध्य छु । मेरो श्रीमान् भगवानको आशीर्वादले जीवित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद' भनेर लेखेकी छिन l’थप प्रशान्तले पनि यस खबर सरासर झुटो र भ्रामक  रहेको भन्दै हल्ला फैलाउने स्थानीय मिडियालाई उजुरी समेत गर्ने जानकारी गराएका छन् l साथै 'मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’भन्दै आफ्ना प्रशंसकहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन् l यसो त पैसाको लोभमा पछिल्लो समय  थुप्रै मिडियाहरूले यस्ता न्युजहरू सम्प्रेषण गरी रहेका छन् l गायक प्रमोद खरेल , कलाकार सुर्विर पण्डित लगायतहरु यस्ता भ्रामक समाचारको सिकार बनी सकेका छन् l