बालबालिकाहरूको प्रतिभालाई मध्य नजर गर्दै गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सुरु हुने भएको छ l ६ देखि १४ वर्षका बालबालिकाहरूले सहभागिता जनाउन सक्ने उक्त शो हिमालय टिभी एचडी बाट प्रसारण हुने छ l आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । निर्देशक लक्ष्मण पौडेलले शो को निर्देशन गर्नेछन् । शोका लागि ४ जना कोचहरू भने फाइनल गरिएको छ । जसमा दुई जना कोचहरू ‘द भ्वाइस अफ नेपाल’ कै छन् । शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रूपमा रहनेछन् । यस्तै, कोचकै रूपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ l कार्तिक बाट प्रसारण ल्याउने तयारीका साथ काम भइरहेको यस शो बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन गर्न लागिएको हो l