गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । उक्त इन्गेजमेन्ट भएको यी जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएकी छिन् । उसो त इन्गेजमेन्ट भएकोबारे यी जोडिले सार्वजनिक रूपमा अहिलेसम्म मुख खोलेका भने छैनन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरे पनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।