बेष्ट म्युजिक अवार्ड–२०२१ यही असोज १८ गते हुने भएको छ l अवार्ड चन्द्रागिरिमा स्थित चन्द्रागिरि हिल रिसोर्टमा हुने भएको हो l नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारा रहेको म्युजिक भिडियो अवार्डलाई तुलसी मिडियाले आयोजना गर्न लागेको हो l नेपाली कला क्षेत्रमा दिग्गज तथा लोकप्रिय कलाकारहरूको उपस्थिति रहने यस अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लक डाउन अघि नै सार्वजनिक गरिएको थियो । कोरोना गर्दा थालिएको साँगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने आयोजकको विश्वास छ l