किताब जात्रा फाउन्डेसनले ‘नबिल किताब जात्रा–२०७८’ सञ्चालन गर्ने भएको छ l असोज १० गते देखी सञ्चालनमा आउने किताब जात्रा असोज १६ गते सम्म हुने छ l कोरोना महामारीका कारण समय अझै अनुकूल नभएकोले अघिल्लो वर्षको जस्तै यस वर्ष पनि किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रसारण गरिने छ l बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजन बाट पनि कार्यक्रम हेर्न सकिनेछ । जनजीवनको अभिन्न अंग पठन संस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’को यो चौथो संस्करण हो । १० गते बाट हुन लागेको कार्यक्रम किताब जात्रा–२०७८’ फाउन्डेसनका सचिव कला अनुरागी अनुसार भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश भएका सात वटा सेसनहरू रहने छन् । थप् कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग सोभिता सिंखडाले संवाद गर्नेछिन् भने ‘लेखनमा लगाव’ शीर्षकमा सुरेश बडाल र प्रभाव बरालसँग मोहराज शर्माको संवाद हुनेछ । जात्रामा कवि नवराज पराजुलीको विशेष प्रस्तुति समेटिनेछ ।अभिनेता निखिल उप्रेती र विपिन कार्कीसँग ‘सिनेमाको संसार’ तथा सुगम पोखरेल, प्रकाश सपुत र प्रमोद खरेलसँग ‘स्वरको सरगम’ शीर्षकमा समा थापाले बहस चलाउँदै छिन् । त्यसै गरी गायक अमृत गुरुङसँग टिकाराम यात्रीको अन्तरंग कुराकानी जात्रामा हेर्न सकिनेछ । गायिका आनी छोइङ डोल्माको विशेष प्रस्तुति पनि जात्रामा रहनेछ । किताब जात्राकै बुकसेलिङ् प्लेटफर्म ‘किताब यात्रा डटकम’ले सर्वाधिक विक्री भएका किताबलाई ‘किताब जात्रा वेस्ट सेलर अवार्ड' दिनेछ । यो अवार्ड आख्यानकार अमर हुने द्वारा लिखित ‘गुलाबी उमेर’र विजयकुमारलिखित ‘सम्बन्धहरू’ले प्राप्त गरिसकेका छन् । नबिल बैंक लिमिटेडको शीर्ष प्रायोजन रहेका जात्रा ‘क्रेता मार्ट’सँगको सहकार्यमा हुन लागेको हो । ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र राष्ट्रिय वाणिज्य बैंकले सहकार्य गरेका छन् ।