काठमाडौँ जेसिसले सन् २०१७ का लागी आयोजना गर्ने लागेको मिस टिनको १५ औं संस्करणको अडिसन सम्पन्न भएको छ । प्रथम चरणको अडिसनमा ७३ जना युवती सहभागी भएता पनि उनीहरु बाट ४५ जना युवती छानिएका थिए । त्यस्तै दोस्रो चरणको अडिसनमा भने ३० जना प्रतिस्पर्धि छानिएका छन्् । दोस्रो चरणमा छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन् ।

काठमाडौँ जेसिसले १६ देखी १९ बर्षका युवतीहरुको लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई महिला सशक्तिकरण गर्न प्रत्येक बर्ष मिस टिन प्रतियोगिता गर्दै आएको छ ।सहभागीमध्येबाट छानिएका ३० जना उत्कृष्ट प्रतियोगीलाई तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले जानकारी दिइन् ।

काठमाडौं जेसिजले १९९४ मा मिस नेपाल गरेपछि मिस नेपाल पछिको दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपाल गर्दै आएको छ । यसमा मिस धरान, मिस हेटौंडा, मिस पोखरा र मिस पूर्वाञ्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष दीपक भण्डारीले दिए ।यस बर्षको इन्चाईन्टर मिस टिन नेपाल २०१७ लाई फ्रान्सबाट उत्पादि ब्युटी प्रोडक्ट ईन्चाईन्टरले प्रायोजन गरेको छ । सहप्रायोजकको रुपमा रिलायन्स पेन्ट रहेको कन्सर्न उपाध्यक्ष बिवश कर्मचार्यले बताए ।