गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ l नजिकिँदै गरेकी हिन्दुहरूको महान् चाडपर्वको अवसर पारेर माझिले ‘दसैँ तिहार आइसक्यो’ बोलको गीत सार्वजनिक गरेकी हुन् l माझीका पती सुन्दर मणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई सपना म्युजिक इन्ड्रष्टिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l गीतले छोटो समयमा निकै चर्चा कमाएको छ ।
सार्वजनिक भएको २४ घण्टामै गीतलाई १० लाख दर्शकले हेरी सकेका छन् l सुन्दर मणि अधिकारीकै निर्देशन र अभिनयमा तयार भएको गीतमा नायिकाको भूमिकामा प्रिया विष्ट देखिएकी छिन् । शम्भु चालिसेको छायांकन रहेको गीतलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।