नायिका साम्राज्ञी शाह पहिलो पटक म्युजिक भिडियोमा देखिने भएकी छिन l ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोमा उनी देखिएकी हुन् l म्युजिक भिडियो प्रमोसनको लागि फोटो सुट गर्दै गरेकी साम्राज्ञीको उक्त गीतमा गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको छ l गीतको शब्द डिपी खनालले कोरेका हुन l
‘यसको शब्द संयोजन र अडियो भर्सन निकै मनपरेपछि भिडियोमा काम गर्न राजी भएकी शाह कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग पहिलो पटक स्क्रीन सेयर गर्न लागेकी हुन l भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बिच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । गीतमा कोरियोग्राफी माइकल चन्दको रहनेछ ।