डी सिरिजको प्रस्तुति रहेको म्युजिक भिडियो 'बहिस्कार' सार्वजनिक भएको छ l गायक दुर्गेश थापा र शाहस शाक्यको आवाज रहेको गीतको शब्द तथा संगित दुर्गेशकै रहेको छ l संगीत संयोजन शाहस शाक्यले गरेका छन् l शिव बिकको निर्देशन साथै कोरीयोग्राफी भिडियोमा समावेश छ l अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोको सम्पादन/ कलरिङ मिलन विश्वकर्माले गरेका छन् l    

दुई महिना पहिले लोकदोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने घोषणा गरेपछि त्यसको जवाफ दिन दुर्गेशले यो गीत ल्याएका हुन् । सो भिडियोमा दुर्गेशले निभाएको चरित्र हलिउड अभिनेता  जोनी डीप सँग हुबहु मिलेको छ l  भिडियोलाई डी सिरिजको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ l