रियालिटी शो 'नेपहपको श्रीपेच' को ट्रेलर सार्वजनिक गरिएको छ l निकेश खड्काको निर्देशनमा बनेको उक्त ट्रेलरमा गिरीश खतिवडा, बालेन, इजी १२ ,मिस्टर डी र डायजेन कविलाई फिचर्ड गरिएको छ l ओ एस आर बाट ट्रेलरलाई सार्वजनिक गरिएको छ l रुपेश थापाको छायाङकन र हिमाल जोशीको सम्पादन रहेको ट्रेलरको थेम गीत व्योमाको रहेको छ l नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच' र्याप म्युजिक रियालिटी शो हो । यस शो डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको हो l
भोटिङ पार्टनरको रूपमा आ .एम. इ पे रहेको छ भने डिसहोम फाइबर नेट र आ .एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । शोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस् खतिवडा छन् l उक्त रियालिटी शोको विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् l