यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता पनि उत्तिकै म्युजिक भिडियोहरू सार्वजनिक भए l ती गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए । यस्ता छन् – यो साता बजारमा आएका गीत ।
१:विष्णु माझीको ‘दसैँ तिहार आइसक्यो’
गायिका विष्णु माझीको नयाँ गीत गत बुधवार सार्वजनिक गरिएको थियो l नजिकिँदै गरेकी हिन्दुहरूको महान् चाडपर्वको अवसर पारेर माझिले ‘दसैँ तिहार आइसक्यो’ बोलको गीत सार्वजनिक गरिएको हो l माझीका पती सुन्दर मणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई सपना म्युजिक इन्ड्रष्टिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l गीतले छोटो समयमा निकै चर्चा कमाएको छ । सार्वजनिक भएको २४ घण्टामै गीतलाई १० लाख दर्शकले हेरी सकेका छन् l सुन्दर मणि अधिकारीकै निर्देशन र अभिनयमा तयार भएको गीतमा नायिकाको भूमिकामा प्रिया विष्ट देखिएकी छिन् । शम्भु चालिसेको छायांकन रहेको गीतलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
२: सुधीर र रेश्माको अभिनयमा 'पर्नु पिर पर्यो'
गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’पनि यसै हप्ता सार्वजनीक भएको हो l गायक डी.पीकै शब्द साथै संगीत गीतमा समावेश छ l डस म्युजिकको प्रस्तुति रहेको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् l भिडियोमा मोडल सुधीर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतकी निर्माता सदु थापा खनाल हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् । भिडियोका सह–निर्देशक साईब्रत आचार्य हुन l
३: पल र गरिमाको अभिनयमा 'जुनकिरी'
सुरज थापा , तारा थापा र विवेक रकर्सको आवाजमा समावेश गीत 'लालुमै लालुमै २' को 'जुनकिरी' बोलको गीत सार्वजनिक भएको ४ दिन भयो l सुरज थापाको शब्द साथै संगीत रहेको गीतको संगीत संयोजन उदय राज पौडेलको रहेको छ l भिडियोमा कोरीयोग्राफी तथा निर्देशन शिव बिकको रहेको छ l भिडियोमा मोडेलद्दय पल शाह , दुर्गेश थापा ,गरीमा शर्मा र तारा थापा फिचर्ड छन् l भिडियोको दृश्य कैद दीपक गिरीले गरेका हुन् l साथै सम्पादन पदम सुवेदीको रहेको छ l भिडियोमा कलरीङ मिलन विश्वकर्माले गरेका छन् l सार्वजनिक भिडियोलाई गायक सुरज थापाकै आधिकारिक युट्युब च्यानल 'सुरज थापा' बाट रिलिज गरिएको छ l
४: प्रमोद खरेलको ‘परिष्कृत’
गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीतले पनि यो हप्ता आफ्नो स्थान लिएको छ l ‘परिष्कृत’ बोलको गीतमा चन्द्र प्रसाईँको शब्द र राजेन्द्र सुवेदीको संगीत समावेश छ । सजल र सलिल न्यौपानेको कन्सेप्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशन गरेको हो ।भिडियोमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेको छ । प्रेम र बिछोडको पीडा व्यक्त गरिएको यो भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बज्राचार्यको अभिनय छ ।
५: दुर्गेशको 'बहिस्कार'
डी सिरिजको प्रस्तुति रहेको म्युजिक भिडियो 'बहिस्कार' सार्वजनिक भएको छ l गायक दुर्गेश थापा र शाहस शाक्यको आवाज रहेको गीतको शब्द तथा संगित दुर्गेशकै रहेको छ l म्युजिक भिडियो हिजो मात्र सार्वजनिक भएको हो l संगीत संयोजन शाहस शाक्यले गरेका छन् l शिव बिकको निर्देशन साथै कोरीयोग्राफी भिडियोमा समावेश छ l अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोको सम्पादन/ कलरिङ मिलन विश्वकर्माले गरेका छन् l भिडियोलाई डी सिरिजको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ l
६: सागर लम्साल 'बले' को अभिनयमा 'सु:ख'
कलाकार सागर लम्साल उर्फ 'बले' अभिनीत म्युजिक भिडियो 'सु:ख' इन्टरनेट रिलिज हिजो गरिएको हो l बले एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा संयोग राज्बङसीको आवाज, शब्द र संगीत समावेश छ l गोपाल रसाइलीले गीतको एरेन्ज गरेका हुन l सोनम पाख्रिनको निर्देशन , विकास दाहालको सम्पादन भिडियोमा देख्न सकिन्छ l सागरलाई अभिनयमा किरण कुमार शर्माले साथ दिएका छन् l भिडियोलाई बुद्ध थापाले खिचेका छन् l
७:मदनकृष्ण र गौरीको अभिनयमा ‘सुनको कचौरी’
कलाकार मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय रहेको ‘सुनको कचौरी’ बोलको गीत गत शनिवार सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द एवं संगीत, राजन ईशानको एरेन्ज रहेको गीत मदनकृष्ण र मिलन नेवारले गाएका हुन् । भिडियोमा राजेश पुमा राईको निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । टिपिकल शब्दहरू प्रयोग गरिएको गीतको भिडियोमा मदनकृष्ण र गौरीको प्रेम देखाइएको छ । औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको भिडियोले एक लाख ७५ हजार बढी भ्युज पाएको छ ।
८: पल र वर्षा अभिनीत ‘नयाँ गलबन्दी’
‘नयाँ गलबन्दी’ गीतमा शनि विश्वकर्मा र देविका केसीले स्वर दिएका छन् । शिव हमालको शब्द÷संगीत रहेको गीतलाई आशिष् अविरलले एरेन्ज गरेका हुन् ।सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय हेर्न सकिन्छ । झकिझकाउ सेटसँगै मनोरम दृश्यहरूमा खिचिएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । अमृत चापागाईँको सम्पादन रहेको भिडियो गत शुक्रवार सार्वजनिक गरिएको हो । यस भिडियोको भ्युज भने अपेक्षित देखिएको छैन । गत शुक्रवार सार्वजनिक गीतको भिडियोलाई ४ लाख ७५ हजार बढी पटक हेरिएको छ ।
९:किरण गजमेरको ‘म त डुब्दैडुब्दै गएँ’
‘म त डुब्दै डुब्दै गएँ’ गीतमा ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरले स्वर दिएका छन् । गत शुक्रवार सार्वजनिक यस गीतमा अर्जुन पोखरेलको शब्द एवं संगीत छ । गीतमा किरणलाई गायनमा ममता गुरुङले साथ दिएकी छन् । युवक एक युवतीको प्रेममा डुबेपछिको कथा गीतले प्रस्तुत गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल श्रेया सिटौलाको अभिनय छ । सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोलाई ३ लाख ५ हजार बढी पटक हेरिएको छ ।
१० :टीका प्रसाईँको ‘कति राम्रो सुहाएको’
‘द कार्टुन क्रु’को प्रस्तुतिमा गत शनिवार ‘कति राम्रो सुहाएको’ बोलको गीत सार्वजनिक भएको हो । डान्सिङ विटको यो गीतमा दीपक पाठक र टीका प्रसाईँले स्वर दिएका छन् । गीतका शब्दहरू दीपक पाठकले नै कोरेका हुन् भने संगीत पनि उनैले भरेका हुन् । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा उनीसँगै आश्मा विश्वकर्मा लगायतले अभिनय गरेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । भिडियोलाई युट्युबमा ७ लाख ५ हजार बढी पटक हेरिएको छ ।
११:पशुपति र शान्ति श्रीको ‘ताराबाजी लै छोरा’
पशुपति शर्मा, शान्ति श्री परियार र सुप्रिम मल्ल ठकुरीको स्वरमा गत शनिवार ‘ताराबाजी लै छोरा’ सार्वजनिक गरिएको हो । दुर्गा पौडेलको शब्द, संगीत रहेको गीतको म्युजिक एरेन्जर विनोद बाजुराली हुन् । दुर्गा पौडेलकै निर्देशनमा बनेको भिडियोमा पशुपति, अञ्जली अधिकारी र सुप्रिम मल्ल ठकुरीको अभिनय छ । यस गीतमा बाबुआमा र छोराबिचको प्रेमलाई व्यक्त गरिएको छ । दुर्गा पौडेल र राजेश घिमिरेको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोले युट्युबमा ३ लाख २५ हजार भ्युज बटुलेको छ ।