वरिष्ठ गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा ‘झिल्के साडी’ बोलको गीत बजारमा आएको छ । लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत गायक राईकै समेटिएको छ ।  रिकेश गुरुङको संगीत संयोजन गीतमा रहेको छ l त्रिलोक लामा र राकेशको छायाँकन रहेको भिडियोमा अभि लामाको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

भिडियोमा अभिनेता नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् l गायक शम्भु राईको चिठ्ठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता गीत धेरै चर्चित छन् l