राज केसीको निर्देशनमा गायिका शान्त श्री परियार र गायक सुदिप निहुरेको आवाजमा 'फक्रेको फूल' बोलको म्युजिक भिडियो रिलिज भएको छ l  राम प्रसाद कँडेलको शब्द रहेको गीतमा प्रेम सापकोटा (सोनु) ले संगीत भरेका छन् l कृष्ण केसीको संगीत संयोजन गीतमा समावेश छ l भिडियोमा स्मारिका- सामारिका ढकाल ,प्रकाश चन्द र रवीन्द्र थापाको अभिनय देख्न सकिन्छ l

मिलन विश्वकर्माको सम्पादन रहेको यस भिडियोमा रहेको दृश्यलाई छायाङकार राम कुमार केसीले कैद गरेका हुन l केशव राज भट्टको कोरीयोग्राफी समेटिएको भिडियोलाई युट्युब च्यानल डेली अनलाइन मिडिया बाट सार्वजनिक गरिएको हो l