केन्द्र मोसन्सको प्रस्तुतिमा पिएम जोडी अभिनीत 'लाखौँ हजारौँ' सार्वजनिक गरिएको छ l फिमेल भर्जन सार्वजनिक गरीएको गीतमा आवाज सन्जु मोक्तानले दिएकी छिन् l यबेश थापाको शब्द र लय सिर्जनामा तयार बनेको गीतको भिडियो निर्देशन नवीन पोमो लिम्बुको रहेको छ l अन्य म्युजिक भिडियोमा गरेको अभिनय भन्दा यो भिडियोमा पल र मलिका फरक भूमिकामा देखिएका छन् l
अभिनयमा पल र मलिकालाई निर्देशक युगलले पनि साथ दिएका छन् l सम्पादन,कलरिङ् र भीएफ एक्स भिडियोमा जीवन थापाले गरेका छन् l भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन l