वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘जष्ट आई लव’ सार्वजनिक गरिएको छ l सुमिता राईको आवाज रहेको गीतको शब्द निर्मला राई परिबेसले कोरेकी छीन l सिला बहादुर मोक्तानको संगीत संयोजन गीतमा रहेको छ l
गगन शाही र अनुशा राईको अभिनय रहेको भिडियोको सम्पादन र छायाङ्कन दिपेन् बस्न्यातले गरेका हुन l साथै कोरसमा मनीषा तामाङ, कुसुम अधिकारी, कुसुम केसी, जानुका तामाङ रहेका छन् l कृश लिम्बुको कोरीयोग्राफी भिडियोमा समावेश छ l